काठमाडौँ– नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश भएको छ ।


ADVERTISEMENT


बिहीबार बसेको संसद बैठकमा समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२ पेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रतिवेदन प्रस्तुत गर्दै सभापति खतिवडाले सबै नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने अवसर दिने गरि समितिमा सहमति जुटाएको बताए । आमाका नामबाट मात्र पनि नागरिकता प्रदान गर्न सकिनेगरी आवश्यक व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रतिनिधिसभाको २०८१ चैत्र १८ गते बसेको बैठकले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्राप्त संशोधनसहित छलफलका लागि राज्य व्यवस्था समितिमा पठाउने निर्णय गरेको थियो भने समितिले यहि जेठ २७ गते पारित गरेको थियो ।