काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा हुने एशियन क्रिकेट काउन्सिल (एसीसी) यू–१९ पूर्वी क्षेत्रका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले आगामी आइतबारदेखि मलेसियामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि वीपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
नेपाली टोली
विपीन प्रसाद शर्मा (कप्तान), सूर्यांशु कोइराला (उपकप्तान), सिवांश बजगाई, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम भट्टराई, सुयोग भट्टराई, सुशिल रावल, सुभम खनाल, प्रशिद्ध जोशी, जोय थापा र रोशन शाही ।
नेपालले प्रतियोगितामा आइतबार (असार ८ गते) सिंगापुरविरुद्ध खेलेर प्रतियोगिता सरु गर्ने छ । यस्तै दोस्रो खेलमा जापानसँग १० गते, तेस्रो खेलमा इण्डोनेसियासँग असार १५ गते, चौथो खेल असार १८ गते भुटानसँग खेल्नेछ ।
प्रतियोगिताको डिफेण्डिङ च्याम्पियन नेपाललाई ट्रफी जोगाउने चुनौती रहेको छ ।