काठमाडौँ— जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ र त्यस भित्रका सार्वजनिक स्थानहरूमा जारी गरिएको निषेधाज्ञा हटाएको छ।


ADVERTISEMENT


राजसंस्थाको पक्षमा भइरहेको आन्दोलन चर्किएपछि प्रशासनले जेठ १८ गते एक आदेश जारी गर्दै चक्रपथ क्षेत्रमा सभा, जुलुस तथा विरोध कार्यक्रम निषेध गरेको थियो।


ADVERTISEMENT

# # #


तर, प्रशासनले बिहीबार एक सूचना जारी गर्दै अब ती स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर कार्यक्रम गर्न सकिने जनाएको छ।

सूचनामा भनिएको छ, ूहाललाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यक्रम गर्ने गरी उक्त आदेश कायम नरहेको ब्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ।ू

यससँगै अब चक्रपथ भित्र कार्यक्रम गर्न कानुनी रोक हटेको छ, तर पूर्वसमन्वय अनिवार्य गरिएको छ।