काठमाडौं- कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता गठबन्धन संकटमा परेको छ। केन्द्रमा विकसित राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशमा पनि देखिन थालेपछि गठबन्धन टुट्ने अवस्था सिर्जना भएको हो।


ADVERTISEMENT


२०८१ साल असारमा भएको आलोपालो नेतृत्वको सहमतिअनुसार असार मसान्तभित्र सरकारको नेतृत्व परिवर्तन गर्ने तयारी भइरहेका बेला केन्द्रको निर्णयका कारण नयाँ अन्योल उत्पन्न भएको छ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसको कोशी प्रदेशस्तरीय संयन्त्रले केन्द्रको निर्णय पर्खने निर्णय गरेकाले तत्काल सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता नबोलाउने जनाएको छ।

कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाले एमालेसँगको गठबन्धन राजनीतिक रूपमा समाप्त भइसकेको उल्लेख गर्दै अब नयाँ सरकार गठनका लागि एमाले, नेकपा र अन्य दलसँग विकल्पबारे छलफल गरिने बताएका छन्।

यता कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा एमाले नेता विदुरकुमार लिङ्थेपले आलोपालो नेतृत्वको सहमतिअनुसार सरकार हस्तान्तरण गर्न एमाले तयार रहे पनि केन्द्रको निर्णयअनुसार नै अघि बढ्नुपर्ने अवस्था रहेको बताए।

९२ सदस्यीय कोशी प्रदेश सभामा एमालेका उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, नेकपाका १७, राप्रपाका सभामुखसहित ५ तथा जनता समाजवादी पार्टीका १ सांसद छन्।

प्रदेशमा सरकार गठन गर्न ४७ जना सांसदको समर्थन आवश्यक पर्ने भएकाले अबको राजनीतिक समीकरणले कोशी सरकारको भविष्य तय गर्ने देखिएको छ।