काठमाडौं- बिहीबार दिँउसोको बर्षाका कारण काठमाडौंका बिभिन्न सडक डुवानमा परेको छ ।


ADVERTISEMENT


बर्षाका कारण काठमाडौंको माइतिघर, पुतलीसडक, धोबीखोला करिडोर लगाएतका बिभिन्न स्थानका सडक डुवानमा परेको हो ।


ADVERTISEMENT

# # #


बर्षाका कारण सवैभन्दा बढि व्यस्त रहने माइतिघर सडक डुवानमा परेको छ । माइतिघर क्षेत्रको पुरै सडक डुवान परेपछि सो क्षेत्रको यातायात अस्तव्यस्त बनेको छ ।

सडक डुवानमा परेपछि यातायात आवागमन र पैदलयात्रीलाई यात्रा गर्न समस्या भएको थियो । काठमाडौंका केहि स्थानमा केहिबेरको बर्षाले पनि सडक डुवान हुने गरेको छ ।