धरान (सुनसरी)– सुनसरीमा हिउँदे मकैको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८०र८१ को तुलनामा आव २०८१र८२ मा हिउँदे मकै उत्पादन दुई दशमलव ३८ प्रतिशतले बढेको छ ।


ADVERTISEMENT


आव २०८०/८१ मा १० हजार ६४० हेक्टर क्षेत्रफलबाट ८३ हजार १२ मेट्रिकटन मकै उत्पादन भएका आव २०८१/८२ मा ८४ हजार ८०२ मेट्रिकटन मकै उत्पादन भएको केन्द्रका सूचना अधिकारी प्रविनलाल श्रेष्ठ जानकारी दिए । उनका अनुसार अहिले किसानले हाइब्रिड प्रजातिको हिउँदे मकैखेती गर्दै आएका छन् ।


ADVERTISEMENT

# # #


उनले भने, “किसानले हाल रामपुर हाइब्रिड १०, पार्नियर ३३ र ५३, पार्नियर ३५ जस्ता उन्नत जातको मकै बढी लगाउने गरेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का किसान रोशन गुप्ताले दुई बिघा बाँझो जमिनमा हिउँदे मकैखेती गर्दा ९० क्विन्टलभन्दा बढी उत्पादन भएको भएको बताए ।

अन्य बालीको तुलनामा हिउँदे मकै छिटो पाक्ने, मेहनत र खर्च पनि कम लाग्ने साथै बिक्रीका लागि बजारको समस्या नहुने भएकाले यस खेतीमा किसानको आकर्षण बढेको हो । गुप्ताले उत्पादन गरेको मकै स्थानीय बजारमा प्रतिकेजी रु ३२ देखि ३५ का दरले बिक्री भइरहेको बताए ।

हिउँदे मकै मङ्सिर, पुसमा रोपेर चैत र वैशाखमा पाक्ने गर्छ करिब १४० देखि १५० दिनमा पाक्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । केन्द्रले किसानलाई तालिम तथा प्राविधिक सहयोग निरन्तर गर्दै आएको छ । सुनसरीको भोक्राहा, देवानगञ्ज, इनरुवा, दुहबी, कोसी, हरिनगरा बराहक्षेत्रलगायत क्षेत्रका किसानले हिउँदे मकैखेती गर्दै आएका छन् । रासस