काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना भएका छन् ।
उनी उच्च ज्वरो आएपछि स्वास्थ्यमन्त्री पौडेल शनिबार वीर भर्ना भएका हुन् ।
हाल उनको स्वास्थ्य परीक्षण वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माको नेतृत्वमा जारी रहेको अस्पतालको स्रोतले जनाएको छ ।
उनको उपचार वीरको पुरानो भवनको भीभीआईपी वार्डमा उपचार भइरहेको छ ।