काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको बताएका छन् ।


ADVERTISEMENT


संसद दिवसका अवसरमा सोमबार संसद भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सदनलाई प्रभावकारी बनाउन कार्यतालिका बनाएर अघि बढ्न खोजेपनि आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुदा संसदको कार्यतालिकामा समेत असर परिरहेको बताए ।


ADVERTISEMENT

# # #


उहाले सदनमा विरोध हुदाहुदै पनि निश्चित समयमा पास गर्नुपर्ने बजेटसम्बन्धी विधेयकहरुलाई जबरजस्ती अघि बढाउनुपरेको धारणा राखे । जबरजस्ती सदन सञ्चालन गर्नुपर्दा सरकारको दायित्व, सत्तापक्ष र प्रतिपक्षीको दायित्वका बारेमा सोच्न जरुरी रहेको उनले बताए ।

सभामुख घिमिरेले चित्त नबुझे संसद प्रभावित पार्ने कामले अहिलेको प्रणालीको विरोधीहरुलाई फाइदा पुगेको धारणा राखे । प्रभावकारी संसद बनाउन सशक्त सचिवालयको जरुरी रहेको उनको भनाइ छ ।

त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरुले उठाएका जनताका समस्याहरूलाई समयमै सम्बोधन गर्ने र संसदप्रति उत्तरदायी हुने सवालमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए । सांसदले संसदमा समस्या उठाएपछि औपचारिकताका लागि मन्त्रीहरूले जवाफ दिने तर कार्यान्वयनमा ढिलासुस्ती र उदासिनता देखिने गरेको भन्दै यसमा सवैको ध्यान जान जरुरी रहेको उनले बताए ।

अध्यक्ष दाहालले समितिहरूको कार्यदक्षता बढाउन, विधेयकमा गहन छलफल गर्ने परम्परा बसाल्न र सबै सांसदहरूलाई नीतिगत छलफलमा समान सहभागिता गराउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

उनले जनता र संसदबीचको दूरी कम गर्न प्रविधिको प्रयोग, सहज पहुँच र खुला संवादको वातावरण विकास गर्नुपर्नेमा समेत जोड दिए । विसं. २०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद दिवस मनाउने गरिएको छ ।