काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घको प्रतिनिधिमण्डलले भेट गरेको छ । महासङ्घका प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शीतल निवासमा आज भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याबारे जानकारी गराएको हो ।


ADVERTISEMENT


उनीहरुले राष्ट्रियसभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने, वृद्धभत्ता वितरणमा सुधार गर्ने, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्नुपर्ने, नागरिकताविहीन ज्येष्ठ नागरिकलाई नागरिकता दिलाउनुपर्ने, संयुक्त परिवारको अवधारणालाई अगाडि बढाउनुपर्नेलगायतका समस्या राष्ट्रपति पौडेलसमक्ष राखे ।


ADVERTISEMENT

# # #


राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकका समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र आफूले उक्त समस्या समाधानका लागि सकारात्मक पहल गर्ने उल्लेख गरे ।