काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाका बारेमा धेरै चिन्ता नलिन रास्वपा सांसदहरुलाई सुझाव दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभाको आकस्मीक समयमा बोल्दै घिमिरेले रास्वपालाई अहिलको ठाँउमा ल्याउने श्रेय नै भिजिट भिसा रहेकाले यसबारे धेरै चिन्ता नलिन सुझाए ।


ADVERTISEMENT

# # #


भिजिट भिसाका बाहिर गएर, उतैको नागरिकता लिनु अन्तराष्ट्रिय कानून अनुसार गलत कार्य भएको उनले बताए । तर भिजिट भिसाबाट बाहिर गरेर उतैको नागरिकता लिएकादेखि घरजम गरेकालाई नेपाल फर्किएपछि पार्टी खोलेर गृहमन्त्रीदेखि उपप्रधानमन्त्री र मन्त्री बनाउने अभ्यास भइसकेको घिमिरेको भनाइ छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘भिजिट भिसाबारे साथीहरूले दुई महिनादेखि धेरै चिन्ता गरिराख्नुभएको छ । त्यो गर्नुपर्दैन । हामीले एउटा अभ्यास गरिसक्या छौं । भिजिट भिसामा बाहिर जाने, त्यहीको नागरिकता लिने, त्यही घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने दुईचार वटा अरू काण्ड पनि मच्याउने, पार्टी खोल्ने त्यसपछि गृह, अन्यमन्त्री हुँदै उपप्रधानमन्त्री समेत हुनसक्ने अभ्यास त हामीले गरिसकेका छौँ। किन चित्ता गर्नुहुन्छ । भोलि भिजिट भिसामा जानेहरूले पनि त्यही अभ्यास दोहोर्‍याउलान् नि किन चिन्त्ता गर्नुहुन्छ ।’

उनले जुन पार्टीका धेरै सांसदहरु भिजिट भिसाबाट अहिलेको ठाँउमा आएका छन्, त्यही पार्टी सांसदहरुले बढि भिजिट भिसाका बारेमा चिन्ता व्यक्त गरेको भन्दै आश्चर्य प्रकट गरे । ।