काठमाडौँ – बागमती प्रदेका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रताव दर्ता भएको छ । शुक्रबार नेपाली काँग्रेसका २१ सांसदले लामाविरुद्ध पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।


ADVERTISEMENT


बागमती प्रदेशमा नेपाली कांग्रेससँग ३७ सांसद रहेका छन् । जसमध्ये २१ जनाले मुख्यमन्त्री लामाको राजीनामा माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । साथै उनीहरुले नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँलाई मुख्यमन्त्री बनाउन माग गरेका छन् ।


ADVERTISEMENT

# # #


नेपालको संविधानको धारा १८८ मा प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यसंख्यामध्ये एक चौथाई सदस्यले मुख्यमन्त्रीमाथि विश्वास छैन भनी लिखित रुपमा अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रावधान रहेको छ । सोही अनुसार मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका लामाले चालू आवको बजेटका लागि आयोजना बेचेको र आफ्नो पदीय दायित्व जिम्मेवार पूर्वक निर्वाह गर्न नसकेको आरोप लगाउँदै पदबाट हटाउनुपर्ने माग गरेका छन् ।

यस्तै मुख्यमन्त्री लामालाई हटाउन दबाब स्वरुप आजै काँग्रेसका चारजना मन्त्रीले सामूहिक राजीनामा समेत दिएका छन् ।

मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ

मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।

मुख्यमन्त्री लामालाई पदबाट हटाउन संविधानको धारा १८८ (५) अनुसार प्रदेशसभामा बहुमत पुर्याउनुपर्छ । कूल ११० जना सदस्य रहेको बागमती प्रदेशसभामा नेपाली काँग्रेससँग ३७ जना सासद रहेका छन् । जसमध्ये २१ जना मुख्यमन्त्री लामाविरुद्ध खलिसकेका छन् ।

यता काँग्रेसको केन्द्रीय नेतृत्व पनि लामालाई हटाएर बानियाँलाई बागमती प्रदेशको बागडोर सुम्पिन प्रयासरत रहेको छ । यसअघि केन्द्रीय तहले मुख्यमन्त्री पद त्याग्न निर्देशन दिए पनि लामाले अटेर गरिरहेका थिए । त्यसैले केन्द्रकै निर्देशनमा काँग्रेसका २१ प्रदेश सांसदले उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदै बानियाँलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका छन् ।

बजेटमा गरिएको जालसाझीपछि लामासँग रुस्ट बनेको काँग्रेस केन्द्रीय नेतृत्वले बानियाँलाई मुख्यमन्त्री बनाउन सत्तारुढ नेकपा एमालेसँग पनि संवाद अघि बढाएको छ । यससँगै बानियाँको मुख्यमन्त्री बन्ने सपना पूरा हुने दिशामा रहेको छ ।