ललितपुर–गुप्तेश्वर आईटीएफ तेक्वान्दो तथा स्पोर्ट्स क्लबद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।


ADVERTISEMENT


शनिवार ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाङ्गाथलीमा आयोजित सो कार्यक्रमबाट २००ं जना व्यक्ति लाभान्वित भएका छन् । शिविरमा सुगर, प्रेसर, फिजियोथेरापी र डेन्टल लगायतका स्वासथय परीक्षण सेवा प्रदान गरिएको थियो ।


ADVERTISEMENT

# # #


शिविरमा सहभागीहरूलाई सुगर तथा ब्लड प्रेसर परीक्षण, फिजियोथेरापी सेवा, दन्त परीक्षण, परामर्श तथा रक्तदान जस्ता निःशुल्क स्वास्थ्य सेवा प्रदान गरियो। यस कार्यक्रमले समुदायमा स्वास्थ्यप्रतिको जागरूकता बढाउने र आधारभूत स्वास्थ्य सेवा सहज बनाउने उद्देश्य बोकेको थियो।

कार्यक्रमका प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरि गोविन्द श्रेष्ठ रहेका थिए । वडाध्यक्ष बाबुराजा महर्जन, हाम्राे पाठशालाकी प्रिन्सिपल मुना थापा लगायतकाे विशेष उपस्थिति रहेकाे क्लवका अध्यक्ष रिमेश केसीले जानकारी दिए ।