काठमाडौं- खाना पकाउने ग्यासको सहज आपूर्तिको माग गर्दै नेपाली कम्युनिष्ट पार्टी(नेकपा) निकट अखिल क्रान्तिकारीले सिंहदरबार दक्षिण गेट अगाडी प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


खाना पकाउने ग्यासको अभावका कारण दैनिक जीवनयापनमा समस्या भएको भन्दै सहज आपूर्ति हुनुपर्ने माग सहित उनीहरुले खाली सिलिण्डरसहित प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रदर्शनमा सहभागीहरुले भोक र महंगीको तमासा बन्द गर, चुलो निभाएर समृद्धिको भाषण, लाज लाग्दैन सरकार, सहज रुपमा ग्यासको व्यवस्था गर लगाएतका प्लेकार्ड देखाउदै नारावाजी गरेका थिए ।

प्रदर्शन सहित सिंहदरबार दक्षिण गेटतर्फ जान लागेपछि प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो । सो क्रममा अखिल क्रान्तिकारी आवद्ध विद्यार्थीबीच धकेलाधकेल समेत भएको थियो ।