काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ मा जलेको बालकोटस्थीत आफ्नो घरको अवलोकन गरेका छन् ।


ADVERTISEMENT


बुधबार आफ्नो घर जलेको एक बर्ष पुरा भएको दिन एमाले अध्यक्ष ओलीले आफ्नी पत्नी राधिका शाक्यका साथ जेनजी आन्दोलनका क्रममा आगजनी भएको घरको अवलोकन गरेका हुन् । सो क्रममा राधिका शाक्यद्वारा लिखित स्मृतिमा बालकोट घर–सपनाको भग्नावशेष स्मृति पुस्तिका सार्वजनिक गरिएको थियो ।


ADVERTISEMENT

# # #


पुस्तक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीकी पत्नी राधिका शाक्यले गत बर्ष भदौ २४ मा घर–सम्पत्ति जलाउनु मात्र नभई केपी ओलीलाई मार्ने आपराधिक योजना रहेको बताएका छन् ।

लाखौँ देशभक्त नेपालीहरूको माया र भरोसाका कारण आफूहरू बाँच्न सफल भएको बताए। उनले बिना अपराध र बिना कसुर अपराधी करार गरेर भदौ २४ देखि आजसम्म लगातार भ्रम छर्ने र मानसिक तनाव दिने काम भइरहेको उल्लेख गरेका छन् ।

उनले हालैको ठूलो प्राकृतिक विपद्को घडीमा सबै मर्माहत भइरहेका बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिएको भन्दै आपत्ति जनाएका छन् । केपी ओलीको विरोध वर्षौँदेखि हुँदै आएको र यसले व्यक्तिगत रूपमा आफूहरूलाई कुनै फरक नपर्ने उनको भनाइ छ ।