काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध भएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि प्रचण्डले पार्टीलाई एकताबद्ध गर्ने चूनौती जिम्मेवारीपूर्वक पुरा गरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले सुदृढ एकताका साथ सबै खाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्पको सामूहिक प्रतिबद्धता गरिएको जिकिर गरे ।

मुलुकमा अहिले देखिएका समस्याको अन्त्यका लागि आन्दोलन गर्ने निर्णय बैठकले गरेको उनले बताए । प्रचण्डले कुलिङ अफ पिरियडमा भएको चलखेलमा दोषी देखिएकालाई कारवाही गर्नेगरि छानविन समितिले प्रतिवेदन बुझाउनुपर्ने स्पष्ट पारे ।

त्यस्तै बैठकपछि माओवादी उपमहासचिव जनार्दन शर्माले सवै एजेण्डामाथि बैठकमा खुला रुपमा छलफल भएको बताए । बैचारिक, राजनीतिक, सांगठानीक सबैका सन्दर्भमा गम्भीर रुपमा बहस भएको उनको भनाई छ ।

चार दिनदेखि जारी माओवादीको स्थायी कमिटी बैठक सोमबार नै सम्पन्न भएको छ ।