काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियडमा भएको छेडखानीमा आफ्नो कुनै दोष नरहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गदै खतिवडाले संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनमा समेत आफ्नो दोष रहेको कतिकतै उल्लेख नरहेको जिकिर गरे ।


ADVERTISEMENT

# # #


नैतिकताका आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवडाले दोष देखिए कारबाही भोग्छु भनेर सुरुदेखि नै भनिएरहेको बताए । कुलिङ पिरियड रहनुपर्छ भन्नेमा आफु निरन्तर रहेको भन्दै उनले राष्ट्रियसभाले सच्याएर ल्याओस् भन्ने पक्षमा रहेको धारणा राखे ।

‘म दोषी छु भने म सजाय भोग्न तयार छु । कुलिङ अफ पिरियड मेरो मुद्दा हो । कुलिङ अफ पिरियड रहनुपर्छ भन्ने पक्षमा म हिजो पनि थिएँ, आज पनि छु ।’ उनले भने, ‘राष्ट्रिय सभाले सच्याएर ल्याओस् भन्ने पक्षमा छु ।’

उनले आफुले कुलिङ पिरियडसहितको व्यवस्थासहितको प्रतिवेदनमा हस्ताक्षर गरेर पठाएको उल्लेख गर्दै कहाँ गल्ती भयो भनेर आफ्नौ अनुरोधमा छानबिन भएको तर्क गरे ।