काठमाडौँ – डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ, जसले एक्टिभ ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्नेछ। अब “माइ डिशहोम एप” मार्फत उपलब्ध यो कार्ड प्रयोग गरेर ग्राहकहरूले नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।
सुरुवाती चरणमा १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश भएका छन्। यसमा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, सिद्धार्थ हस्पिटालिटी ग्रुपका होटल, रिसोर्ट, रेस्टुरेन्ट र क्याफेहरू, होटल ले हिमालय, लेकसाइड रिट्रिट, इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स, मेलुङ ठकाली, साकी एण्ड फेङ रेस्टुरेन्ट, लुम्बिनी केबलकार, मौलाकाली केबलकार र अचार घर जस्ता ब्रान्डहरू समावेश छन्। यी आउटलेटहरू नेपालका प्रमुख शहरहरूमा उपलब्ध छन्।
डिशहोमका सीईओ श्री तारा मानन्धरले बताए अनुसार, “भर्चुअल प्रिभिलेज कार्डमार्फत, डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाका अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।” कम्पनीले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्डहरूमा विस्तार गर्ने योजना बनाएको छ, जसअन्तर्गत अझ धेरै अफर र श्रेणीहरू समावेश गरिनेछ।
सक्रिय ग्राहकहरूले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड माइ डिशहोम एपमार्फत डाउनलोड गरी साझेदार आउटलेटहरूमा देखाएर छुट प्राप्त गर्न सक्नेछन्।































































