काठमाडौं – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १२ सय बढिको मृत्यु भएको छ ।
बिहीबार बिहानसम्म १२ सय भन्दा बढिको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यसैगरि बाढीका कारण चार हजार भन्दा बढि सम्पर्कबिहीन छन् भने करिव १२ हजार जनाको उद्दार गरिएको छ । बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जानकारी दिएको छ ।
सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन् । बाढीका कारण ठूलो मानवीय क्षति हुनाका साथै हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ ।
बाढीका कारण मृत्यु भएकाहरुमध्ये केहिको शव पहिचान गरि आफन्तजनलाई बुझाइएको छ भने बिभिन्न स्थानमा फेला परि पहिचान हुन नसकेका शवहरुलाई जमिनमा सुरक्षित रुपमा गाडिएको छ ।































































