काठमाडौं – धादिङको कृष्णभीरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भएको छ।


ADVERTISEMENT


राजमार्ग बन्द हुँदा ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन बाटोमै रोकिएका छन्। त्यसको प्रत्यक्ष असर उपत्यकाका बिक्री केन्द्रमा देखिन थालेको छ। ग्यास लिन सर्वसाधारणको भीड बढेको छ भने अनामनगरस्थित नेपाल ग्यासको बिक्री केन्द्रमा पाँच दिनदेखि उपभोक्ता लाइनमा बसिरहेका छन्। ग्यास नपाउँदा घण्टौँ कुरेर खाली सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था आएको उपभोक्ताको गुनासो छ।


ADVERTISEMENT

# # #


रसुवा बाढीपछि पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान, पहिरो र लेदोका कारण आवागमन प्रभावित हुँदै आएको छ। कृष्णभीरको पहिरोले राजमार्ग पूर्ण रूपमा बन्द भएपछि काठमाडौँको आपूर्ति प्रणालीमा थप दबाब परेको हो। सडक छिट्टै सञ्चालनमा नआए खाना पकाउने ग्याससँगै पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक सामग्रीको आपूर्ति थप प्रभावित हुनसक्ने देखिएको छ।