काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको स्वकीय सचिवमा एनपी जोशी (लाइट) नियुक्त भएका छन् । मुख्यमन्त्री बानियाँले जोशी लाई बिहीबार स्वकीय सचिवको नियुक्तिपत्र दिएका हुन् ।


ADVERTISEMENT


सुदूरपश्चिमको विकट जिल्ला दार्चुलामा जोशी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य हुन् । मुख्यमन्त्री बानियाँले बुधबार मात्रै प्रमुख स्वकीय सचिवमा मिलन पुडासैनीलाई नियुक्त गरेका थिए ।


ADVERTISEMENT

# # #