काठमाडौँ — नेपालकै प्रमुख डीटीएच सेवा प्रदायक डिशहोमले देशको अग्रणी हस्पिटालिटी समूहमध्ये एक सिद्धार्थ हस्पिटालिटीसँग औपचारिक साझेदारी गर्दै आफ्ना सक्रिय ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने भएको छ।


ADVERTISEMENT


उक्त सहकार्य अन्तर्गत डिशहोमका सबै सक्रिय ग्राहकहरूले ‘डिशहोम भर्चुअल प्रिभिलेज कार्ड’ प्रयोग गरी सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज, रेस्टुरेन्ट तथा क्याफेहरूमा विशेष छुट पाउनेछन्।


ADVERTISEMENT

# # #


डिशहोमका ग्राहकहरूले सिद्धार्थ समूहअन्तर्गतका सम्पूर्ण होटल तथा आवास सुविधामा २० प्रतिशत छुट तथा फूड एण्ड बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यी छुटहरू देशभर रहेका सिद्धार्थ हस्पिटालिटीका विभिन्न आउटलेटहरूमा उपलब्ध हुनेछ।

यस साझेदारीमा सहभागी स्थानहरूमा महेन्द्रनगरस्थित सिद्धार्थ होटल न्यू आनन्द, टिकापुर, नेपालगञ्ज, बुटवल, नुवाकोट, बिर्तामोड, बौद्ध, सुर्खेत, चिसापानी, नारायणगढ, भैरहवा, मेघौली, दमौली, चुम्लिङटार, धनगढी, सुन्धारा लगायतका ठाउँहरूमा रहेका सिद्धार्थ होटल र रेस्टुरेन्टहरू समावेश छन्।

यस सन्दर्भमा डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भने, “सिद्धार्थ हस्पिटालिटी नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्रान्ड हो, र यस साझेदारीमार्फत हामीले हाम्रा ग्राहकहरूलाई उत्कृष्ट आतिथ्य अनुभवसँगै विशेष सुविधा प्रदान गर्न पाउनेछौं।”

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड केवल सक्रिय ग्राहकहरूका लागि डिशहोमको आधिकारिक मोबाइल एप ‘ःमाई डिसहोम एप’ मा उपलब्ध हुनेछ। ग्राहकहरूले सो एपमार्फत आफ्नो कार्ड हेर्न सक्नेछन् । साथै सहभागी होटल तथा रेस्टुरेन्टहरूको सूची हेरेर कुनै पनि आउटलेटमा कार्ड देखाएर उपलब्ध छुटहरू प्राप्त गर्न सक्नेछन्।