काठमाडौँ – स्टक ब्रोकर कम्पनी नासा सेक्युरिटिज कम्पनी लिमिटेले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजन गर्ने भएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच सम्झौता भएको हो ।
सम्झौतामा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नासा सेक्युरिटिजका तर्फबाट प्रबन्ध निर्देशक मदन पौडेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार नासा सेक्युरिटिजले आगामी तीन वर्षका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेटको जर्सीको मुख्य प्रायोजन गर्ने भएको हो । जसका लागि कम्पनीले क्यानलाई
क्यानले गत १४ गते साउन १५ गतेसम्मको समयसीमा राख्दै प्रायोजनका लागि बोलपत्र आह्वान गरेको थियो । क्यानको सार्वजनिक गरेको बोलपत्र अनुसार जर्सी प्रायोजनका लागि न्यूनतम वार्षिक २ करोड रुपैयाँको सीमा तोकिएको थियो ।
जसका लागि परेका बोलपत्रहरुमध्ये सबैभन्दा धेरै बोलकबोल गरेको नासा प्रायोजकका रुपमा छनोट भएको हो ।



























































