हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


मंगलबार मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।


ADVERTISEMENT

# # #


कूल ११० सदस्य रहेको बागमती प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ५६ मत आवश्यक पर्छ । मंगलबारको बैठकमा ९२ जना सांसद उपस्थित भएको थिए । जसमध्ये बानियाँको पक्षमा ६३ जना सांसदले मतदान गरेका छन् । यस्तै उनको २२ विपक्षमा मत परेको छ भने ७ जना सांसद तटस्थ बसेका छन् ।

बानियाँलाई नेपाली काँग्रेस र नेकपा एमालेका सांसदले मत दिएका छन् । मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने भन्दै घुर्क्याएका पूर्वमुख्मन्त्री बहादुरसिंह लामा १३ सांसदले समेत विश्वासको मत दिन बाध्य भएका छन् ।

नेपाली काँग्रेस बागमती प्रदेशका सभापति तथा संसदीय दलका नेता समेत रहेका बानियाँ गत साउन २० गते बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका थिए ।