काठमाडौँ – एनआईसी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्समा उपचार गराउँदा छुट मिल्ने भएको छ । बैँकले ग्राहकहरुलाई अन्नपूर्ण न्यूरोमा स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस बैंकका ग्राहकहरुले इन हाउस प्याथोदोजी, आउटसोर्सिङ टेस्ट, रेडियोलोजी, एम्बुलेन्स, सामान्य बेड शुल्क, आईसीयू/सर्जरी सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
उक्त अस्पतालसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोगको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


























































