काठमाडौँ– सन् २०१० मा सौरभ ग्रुपको लगानीमा स्थापित सर्वोत्तम सिमेन्टले एक वर्षमै साढे ९ अर्ब बढीको व्यापार गरेको छ। नवलपरासीमा स्थापित उद्योगले गत आर्थिक वर्षमा ९ अर्ब ५५ करोड रुपैयाँको व्यापार गरेको हो।
अघिल्लो वर्ष उद्योगले ६ अर्ब ३७ करोड रुपैयाँ बढीको व्यापार गरेको थियो। एक वर्षको अवधिमा उद्योगको व्यापार ४९.८७ प्रतिशतले वृद्धि भएको हो।
साढे ९ अर्ब बढीको व्यापार गरेको सर्वोत्तमले खुद नाफा एक वर्षमा ५७२.५२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष १४ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको सर्वोत्तमले गत वर्ष एक अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो। यसको कुल नाफा भने गत वर्ष २ अर्ब ६ करोड रुपैयाँ थियो।
सर्वोत्तम सिमेन्टले क्लिंकर तथा सिमेन्ट उत्पादन र बिक्रीमा गर्छ। सुरुवातमा वार्षिक लगभग ०.४ मिलियन मेट्रिक टन उत्पादन क्षमताबाट सुरु भएको यो उद्योग हाल क्लिंकर र ग्राइन्डिङ दुवैको लागि करिब १ मिलियन मेट्रिक टन प्रतिवर्षको उत्पादन क्षमतामा पुगेको छ।
समीक्षा अवधिमा उद्योगको प्रतिसेयर आम्दानी २०.१९ पैसा कायम भएको छ। अघिल्लो वर्ष उद्योगको प्रतिसेयर आम्दानी ३.७४ रुपैयाँ थियो। साथै उक्त अवधिमा प्रतिसेयर आम्दानी २०२ रुपैयाँ र प्रतिसेयर कुद आम्दानी ३०१.९१ पैसा रहेको छ।


























































