काठमाडौं — प्रभु बैंक लिमिटेडको संस्थापक समूहका १६ लाख ६० हजार ६९५ कित्ता शेयर बिक्रीका लागि खुला गरिएको छ।
बैंकले बिक्रीमा राखेको उक्त संस्थापक शेयरमा हालका संस्थापक शेयरधनीहरूका साथै अन्य इच्छुक व्यक्ति वा संस्थाहरूले पनि खरिदका लागि निवेदन दिन सक्नेछन्।
शेयर खरिदका लागि इच्छुकहरूले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र आवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंस्थित बबरमहलमा रहेको प्रभु बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
बैंकले शेयर बिक्री प्रक्रिया सम्बन्धी थप विवरणका लागि सम्बन्धित व्यक्तिहरूलाई बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।


























































