काठमाडौँ — नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज (भदौ १८ गते) अन्तिम दिन हो। गत साउन ३ गतेदेखि खुलेको आवेदन प्रक्रिया आज बैंकिङ समयसम्म मात्र कायम रहनेछ।


ADVERTISEMENT


कम्पनीले हालको चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०:३.४७८३ अनुपातमा (अर्थात् ३४.७८ प्रतिशत) हकप्रद शेयर जारी गरेको हो। सोहीअनुसार, कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता शेयर, अर्थात् ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद शेयर आफ्ना शेयरधनीहरूका लागि बिक्री खुला गरेको छ।


ADVERTISEMENT

# # #


हकप्रद शेयरमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूको सी–आस्बा प्रणाली र सीडीएससी को मेरो सेयर पोर्टलमार्फत आवेदन दिन सकिनेछ। साथै, धितोपत्र बिक्री प्रबन्धक एनआईएमबीी एस क्यापिटल को केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूमा पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यस हकप्रद शेयरको लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरेको थियो। त्यस अनुसार, जेठ २९ गतेसम्म शेयरधनी रही कायम व्यक्तिहरूले मात्रै यसमा आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ। यससँगै नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको निर्जीवन बीमा कम्पनीका लागि आवश्यक न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँको सीमा पनि कम्पनीले पुरा गर्नेछ।

आज अन्तिम दिन भएकाले इच्छुक शेयरधनीहरूलाई तोकिएको समयभित्र आवेदन दिन कम्पनीले आग्रह गरेको छ।