काठमाडौँ – गौर हत्याकाण्डका विषयमा अदालतले गरेको आदेशविरुद्ध जसपा नेपाल निकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


सर्वोच्च अदालतले १८ वर्षअघि भएको गौर घटनामा जारी गरेको परमादेशको विरुद्धमा जसपा नेपाल निकट विद्यार्थी सङ्गठन काठमाडौँको माइतीघरमा विरोध प्रदर्शनमा उत्रिएका हुन् । जनता विरोधी भूमि अध्यादेशमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएको उनीहरूको भनाइ छ ।


ADVERTISEMENT

# # #


अध्यक्ष यादव पिछडिएका वर्गका अधिकारका लागि लड्दा उनलाइ सकाउने खेल भएको जसपा नेपालकी महासचिव रेखा यादवले बताइन् । महासचिव यादवले पहिचानवादीहरुलाइ अगाडी बढ्न नदिनको निमित्त सरकारले ल्याएको योजना रहेको आरोप लगाइन् ।

गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमबार परमादेश दिएको हो । ०६३ चैत ७ गते रौटहटको गौरमा मधेसी जनअधिकार फोरम र माओवादीबिच एकैठाउँमा कार्यक्रम गर्ने विषयमा झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।