काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने भारत–चीनबीच भएको सहमतिप्रति आपत्ति जनाउदै सरकारको धारणा माग गरेको छ ।


ADVERTISEMENT


बिहीबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भारत र चीनबीच भएको भनिएको सहमतिपछि सरकारको कदमबारे सदनमा जानकारी गराउन माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस्तो विषयमा राष्ट्रिय एकतालाई सबल पार्दै नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा र नेपालको हितको पक्षमा एकजुट हुनको लागि उहाले आह्वान समेत गरे ।

उनले कुटनीतिक तवरबाट यस विषयमा वार्ता अघि बढाउन समेत आग्रह गरे ।