काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको सहमतिको विरोध गरेका छन्


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएकाले नेपालको स्वीकृति र जानकारीबिना सीमा व्यापार गर्ने सम्बन्धी भारत र चीनबीच सहमति भएको भन्दै एमाले संसदीय दलको तर्फबाट विरोध र असहमति रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


भूगोल, अर्थतन्त्र, जनसंख्याका आधारमा देश ठूलो–सानो हुन सक्ने तर स्वाधिनता, सार्वभौमिकताका हिसावले देश ठूलो सानो हुन नसक्ने उनले बताए ।

उनले नेपालको स्वाधिनता र सार्वभौमिकतामाथि हस्तक्षेप भए प्रतिकार र सशक्त विरोध गर्ने स्पष्ट पारे । बर्तौलाले उच्चस्तरीय कुटनीतिक सम्बादको माध्यमबाट यस बिषयको हल निकाल्न सरकारको ध्यानाकर्षण गराए ।