काठमाडौँ– मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि जम्मा ४,००,४४० कित्ता शेयरहरु शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री आहवान गरेको छ।


ADVERTISEMENT


जसमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १,७२,३७२ कित्ताको न्यूनतम मूल्य रु।३०० र न्यूनतम आवेदन ५,००० कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४,०६५ कित्ताको न्यूनतम मूल्य रु.३७५ र न्यूनतम आवेदन ५,००० कित्ता, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७,९६८ कित्ताको न्यूनतम मूल्य रु.३३० र न्यूनतम आवेदन १,००० कित्ता तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १,३१५ कित्ताको न्यूनतम मूल्य रु।१०० र न्यूनतम आवेदन १,३१५ कित्ता शेयरहरु बिक्रीमा राखिएका छन्।


ADVERTISEMENT

# # #


इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले तोकिएको शर्तका अधीनमा रही शिलबन्दी फाराम रु.१०० तिरेर मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंबाट प्राप्त गरी मिति २०८२ साल भाद्र २४ गते अपरान्ह ३ बजेभित्र बुझाउनुपर्नेछ। प्राप्त बोलपत्रहरु मिति २०८२ साल भाद्र २५ गते बिहान ११ बजे कार्यालयमा खोलिनेछ।

यस शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइनेछ र बाँकी रहेका शेयरहरु उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्रदाताहरुलाई बिक्री गरिनेछ। मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावलीअनुसार गर्ने छ ।

थप जानकारीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्न सकिनेछ।