काठमाडौँ — खानी खोला हाइड्रोपावर लिमिटेडले भोलि (भदौ ३ गते) देखि आफ्ना शेयरधनीहरूका लागि हकप्रद शेयर बिक्री खुला गर्न लागेको छ। कम्पनीले हालको चुक्तापुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको बराबरीमा १ः१ अनुपातमा अर्थात् सतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो।

यस योजनाअनुसार, कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ। योग्य शेयरधनीहरूले आगामी भदौ २३ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



शेयरधनीहरूले सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय, सिटिजन्स बैंकका कुमारीपाटी, थिमी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा र हेटौँडा शाखामार्फत आवेदन दिन सक्नेछन्। यस्तै, कुमारी बैंकको ललितपुर शाखा तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूको सी–आस्बा प्रणाली वा सीडीएससीको मेरो सेयर पोर्टल प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

यसअघि कम्पनीले हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गरेको थियो। त्यस अनुसार, सो मितिभन्दा अघि कायम रहेका शेयरधनीहरू मात्रै यस हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्।

कम्पनीले पूँजी संरचना सुदृढ गर्दै आगामी आयोजना तथा सञ्चालन कार्यहरूमा उपयोग गर्न हकप्रद शेयरमार्फत पूँजी संकलन गर्न लागेको जनाएको छ।