काठमाडौं – काठमाडौंको कोटेश्वर क्षेत्रमा रहेका ६३ ओटा होटलमा प्रहरीले छापा हानेको छ ।
प्रहरीले ६३ ओटा होटलबाट १२ महिलासहित २६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना होटल सञ्चालकसमेत रहेको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि महानगरिय प्रहरी वृत बानेश्वरमा राखिएको छ ।