काठमाडौं– मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्बेदीको प्रमुख आतिथ्यमा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालयः राजविराजको सातौँ वार्षिकोत्सव विविध साँस्कृतिक कार्यक्रमहरु आयोजना गरी सपन्न भएको छ ।


ADVERTISEMENT


उक्त कार्यक्रम प्रमुख अतिथिले पानसमा दिप प्रज्वलन गरी विधिवत् रुपमा उद्‍घाटन गरि वार्षिकोत्सवको अवसरमा आयोजना भएको “समादेशक कप २०८२” अन्तर्गतका विविध खेलकुदहरुमा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने खेलाडीहरुलाई प्रमाणपत्र, मेडल, ट्रफि र यस केन्द्रका उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत समेत गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रमको अन्तिम चरणमा प्रमुख अतिथिले तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु, प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई आवश्यक निर्देशन सम्बोधन समेत गरे ।

निर्देशनको क्रममा नयाँ–नयाँ चुनौतीसँग सामना गर्न सक्षम र व्यवसायिक एवं कर्तव्यनिष्ठ प्रहरी जनशक्तिको उत्पादनमा तालिम केन्द्र निरन्तर अगाडी बढ्नुपर्ने बताए ।