काठमाडौं – पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यासका बेला राखिएको हराएको शिलालेख खोजी गरी पुनर्स्थापना गरिने बताएका छन्।


ADVERTISEMENT


सुरुङमार्ग उद्घाटन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले आयोजना निर्माणसँग जोडिएका सबै ऐतिहासिक तथ्य र योगदानको सम्मान गरिने बताए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते आयोजना शिलान्यास गर्दा राखिएको शिलालेख पछि हटाइएको विषयमा विभिन्न तहबाट प्रश्न उठ्दै आएको थियो।


ADVERTISEMENT

# # #


मन्त्री लम्सालले नागढुङ्गा सुरुङमार्गले नेपाललाई आधुनिक सडक पूर्वाधारको नयाँ चरणमा प्रवेश गराएको उल्लेख गर्दै आगामी दिनमा देशका अन्य उपयुक्त स्थानमा पनि यस्ता सुरुङमार्ग निर्माण गरिने बताए। उनका अनुसार यो परियोजनाबाट प्राप्त अनुभव आगामी आयोजनाका लागि महत्वपूर्ण आधार बन्नेछ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को ०।०१ प्रतिशत सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यो नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गको मुख्य सुरुङ २।६८८ किलोमिटर र सहायक सुरुङ २।५५७ किलोमिटर लामो रहेको छ। सुरुङमार्ग सञ्चालनसँगै नागढुङ्गा सडकखण्डको ट्राफिक चाप कम हुनुका साथै काठमाडौं–धादिङ आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ।