काठमाडौं– बिहीबार सेयर बजार ३८.१० अंकले घटेर २७८१०० मा बन्द भएको छ।
अघिल्लो दिन २८१९.१० मा बन्द भएको नेप्से दिनको सुरुवातमा २८ सय माथि रहे पनि बजार अन्त्यतिर झरेको हो।
बजार ओरालो लाग्दा पनि कारोबार रकममा भने वृद्धि देखिएको छ। अघिल्लो दिनको ७ अर्ब ६८ करोड रुपैयाँको तुलनामा बिहीबार ८ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको ।
कुल २४ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको सेयर गरेको छ । आज सबै सूचक ओरालो लागे। विकास बैंक २.३८ प्रतिशतले घटेर सबैभन्दा धेरै घट्ने सूचक रह्यो।
विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्वाधिक उकालो लाग्दा ओरियन्टल होटल ४.७१ प्रतिशतले घटेर सबैभन्दा धेरै घट्ने कम्पनी बन्यो।
धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन्।



























































