काठमाडौँ – जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
साइबर अपराधको आरोपमा पक्राउ परेका थिए । उनीमाथि एक महिलाले सामाजिक सञ्जाल ह्वाट्सएप र इमेलमा गालीगलौच र चरित्र हत्या गरेको आरोपसहित साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।
सोबारे बुझ्न बुधबार आफै ब्यूरो पुगेका पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा दायर गरेको थियो ।



























































