काठमाडौं– साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ३१.१७ अंक घटेर २७४९.८३ विन्दुमा रोकिएको छ।


ADVERTISEMENT


त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.०३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८४ अंक घटेको छ।


ADVERTISEMENT

# # #


नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बिहीबार ८ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँबराबरको १ करोड ४८ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.७७ प्रतिशत बढेको छ। त्यस्तै, आशा लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ

कारोबार रकमका आधारमा आजनेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड ४६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, हिमालयन रि इन्स्योरेन्सको करिब २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत घटेको छ।

त्यस्तै, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।