काठमाडौं – नेपाली कांग्रेसले पूर्व गृहमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनको शोकमा ५ दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


आइतवार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले देशभरीका पार्टी कार्यालयहरु ५ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । बैठकले ७ दिन पार्टीको झण्डा झुकाउने र १३ औं दिनको पुण्यतिथिमा देशैभरी श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य एनपी सावदले जानकारी दिए ।


ADVERTISEMENT

# # #


२००८ जेठ २ गते जन्मेका कांग्रेस नेता खड्काको चैत १६ गते बेलुकी सवा ५ बजे भारतको नयाँ दिल्लीस्थित अल ईन्डिया मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । शनिवार राती नेपाल ल्याइएको नेता खड्काको पर्थिव शरिरलाई अहिले ललितपुरको सानेपास्थित निवासमा राखिएको छ ।

उनको आजै दाहसंस्कार गरिने कांग्रेसले जनाएको छ ।