काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सयमा कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मङ्गलबार प्रतितोला सुन २ लाख ५ हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला २ हजारले बढेको हो । चाँदीको मूल्य प्रतितोला ५ ले घटेर २ हजार ४८० कायम भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



























































