काठमाडौं – बागमती प्रदेश सरकारको गौरबको योजना ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० स्थित टाहाखेलमा बहुउद्देश्यीय रंगशाला बन्ने भएपछी नगरबासीहरुले खुसी याली मनाए।


ADVERTISEMENT


उक्त रंगशाला बन्ने भएपछि बागमती प्रदेश पुर्व युवा तथा खेलकुद मन्त्री माननीय मीनकृष्ण महर्जनको चौतर्फी प्रशंसा हुने थालेको छ। महर्जनको विशेष पहलमा ३२ करोड ४० लाखको टेन्डर भई सकेको छ।


ADVERTISEMENT

# # #


अबको १ महिनामा निर्माण कार्य सुरु हुने बागमती प्रदेश सदस्य सचिब दिपक लामाले हिमालय पोस्टलाई जानकारी गराए। रंगशाला बन्ने भएपछि माननीय महर्जनलाई गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन उप मेयर मुना अधिकारी, सोही वडा वडा अध्यक्ष शेखर न्यौपाने, छिमेकी वडा अध्यक्षहरु लागएत खेलप्रेमी महानुभावले सामाजिक संजाल मार्फत धन्यवाद ब्यक्त गरेका छन् ।

त्यस्तै गोदावरी नगरपालिका वडा नम्बर ११ चापागाउँबासी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष राष्ट्रिय खेलकुद परिषद,राष्ट्रिय टीम तयारी समितिका उप निर्देशक तथा आठौं, नवौ साफ स्वर्ण पदक बिजेता दिपक श्रेष्ठले सामाजिक संजाल मार्फत धन्यवाद ब्यक्त गरे। श्रेष्ठले गोदावरी नगरपालिकामा बहुसंख्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु रहेको म स्वयम् गोदावरी नगरपालिका कै स्थानीयबासी रहेको उनले बताए। श्रेष्ठले हाल निर्माण हुन लागेको गोदावरी स्मार्ट स्पोर्ट्स सिटी निर्माणले खेलाडीहरुलाई ठूलो तेवा पुग्नुको साथै सिंगो गोदावरी नगरबासीहरु खुशि खुसी भएको श्रेष्ठले बताए। मीनकृष्ण महर्जन ललितपुर जिल्लामा निकै लोकप्रिय नेताको रुपमा परिचित मानिन्छ।

नेपाली कांग्रेस सभापति गगन थापा प्रमुख आतिथ्यतामा ललितपुर जिल्लाले आयोजना गरेको अग्रज कार्यकर्ता भेलामा २ चोटी बागमती गाउँपालिका अध्यक्ष निर्बाचित वीर बहादुर लोप्चनले मेरो बागमती गाउँपालिका दोस्रो कर्णालीको रुपमा रहेको यो भन्दा पहिला जितेको माननीयले खासै उल्लेखनीय बिकास गर्न नसकेको मीनकृष्ण माननीय निर्बाचित भएपछी उहाँको कार्यकालमा र उहाँको विशेष पहल मेरो पालिकामा निकै बिकास भएको सभापति गगन थापालाई सुनाए। दोस्रो कर्णाली को रुपमा बागमती गाउँपालिकाको समग्र बिकास निर्माणको निमित्त माननीय मीनकृष्ण महर्जनलाई अब बन्ने नयाँ मन्त्री मण्डलमा भौतिक मन्त्री बनाउन आग्रह गरेका थिए। त्यहाँ उपस्थित जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ लगाएत अन्य नेताहरुले तालि बजाएर समर्थन जनाएका थिए।

जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले सभापति गगन थापालाई पटक पटक भेटेर महर्जनलाई मन्त्री बनाउन अनुरोध गरि रहेको छ। विशेष गरि खेलकुद क्षेत्रको नायकको रुपमा परिचित देशै भरीका खेलाडीहरुको बिचमा निकै लोकप्रिय मानिन्छ। महर्जन बागमती प्रदेश युवा तथा खेलकुद हुँदा महर्जनले सिंगो बागमती प्रदेशलाई नै खेलकुदमय बनाएका थिए। महर्जनले केन्द्रको मन्त्रीलाई नै छाँयामा पारेको थियो।

महर्जनको साहस क्षमता देखेर केन्द्रका शिर्ष नेताहरुले महर्जनको खुलेर प्रशंसा गर्ने गरेको छ। १२ बर्षको उमेर देखि खेलकुद क्षेत्रमा लागेका महर्जन करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी र पुर्व अन्तर्राष्ट्रिय रेफ्री समेत हुन् । महर्जन खेलकुदको सर्बोच्च निकाए राष्ट्रिय खेलकुद परिषदमा २०६६ सालमा मन्त्री परिषदको निर्णयबाट कोषाध्यक्षमा नियुक्त भएका थिए। कोषाध्यक्ष हुँदा पनि महर्जनको निकै चर्चा हुने गर्थ्यो।