काठमाडौं– कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र सार्वजनिक सेवा प्रसारण नेपाल एनटिभी च्यानल इटहरी विच प्रहरी कार्यक्रम प्रसारण गर्न सम्झौता नविकरण भएको छ ।
आज कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रमका विच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्की र सार्वजनिक सेवा प्रसारण नेपाल एनटिभी च्यानल इटहरीका प्रमुख वसन्त रुपाखेती विच सम्झौता नविकरण भएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले टेलिभिजन कार्यक्रम मार्फत आम नागरिकमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यका साथ सार्वजनिक सेवा प्रसारण नेपाल एनटिभी च्यानल इटहरी तथा स्थानिय टेलिभिजनहरुसंग सम्झौता गरी प्रहरी कार्यक्रमलाई प्रभावकारीरुपमा निरन्तर प्रसारण गर्दै आईरहेको छ ।
उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी उपरीक्षक आर्किटेक हरि डंगोल लगायत प्रहरी अधिकृतहरु तथा सार्वजनिक सेवा प्रसारण नेपाल एनटिभी च्यानल इटहरीका उत्पादन प्रमुख अमित कुमार वर्मा सहितका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।



























































