काठमाडौँ – सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरु सडक प्रदर्शन नियन्त्रण बाहिर पुगेको छ ।


ADVERTISEMENT


सरकारले समयसिमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेन जी पुस्ताका युवाहरूको समूहले काठमाडौंको माइतिघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT

# # #


तर, प्रदर्शन अराजक बन्यो । प्रदर्शनकारी संघीय संसद भवन प्रवेश गरेका छन् भने प्रहरीले भिड नियन्त्रणमा लिन गोली प्रहार गर्नुपरेको छ । यस्तै नयाँ बानेश्वर क्षेत्र, बालुवाटार, सिंहदरबार, लैनचौर लगायतका संवेदनशील क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फयु आदेश जारी गरेको छ ।

सन् १९९७ देखि सन् २०१२ सम्ममा जन्मेका युवाहरूले आफूलाई जेन जी पुस्ताका रुपमा चिनाउने गरेका छन् ।