काठमाडौँ – काठमाडौँमा जेनजी पुस्ताको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले थप संवेदनशील ठाउँमा कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरिएको हो ।
यसअघि प्रदर्शनकारी संघीय संसल भवन प्रवेश गरेपछि बानेश्वर क्षेत्रमा कर्फ्यूू आदेश जारी गरेको थियो ।




























































