काठमाडौँ – गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार काठमाडौँसहित देशभर भएको जेन–जीको आन्दोलनमा प्रहरीको बर्बरताका कारण १९ जनाको मृत्यु र सयौँ घाइतेभएपछि गृहमन्त्री लेखक राजीनामा दिन बाध्य भएका हुन् ।
बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।
यसअघि आजै काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको काँग्रस पदाधिकारीको बैठकले गृहमन्त्री लेखकलाई राजीनामा दिन सुझाव दिएको थियो । बैठकमा बोल्दै गृहमन्त्री लेखकले आन्दोलनमा ठूलो मानवीय क्षति भएका त्यसको जिम्मेवारी लिँदै नैतिकताका आधारमा पदमा नबस्ने बताएका थिए ।



























































