काठमाडौँ – जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकाका विभिन्न ठाउँमा कर्फ्यू आदेश जारी गरेको छ । जेन–जी पुस्ताको आन्दोलनलाई मध्यनजर गर्दै मंगलबार प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले कर्फ्यू लगाएका हुन् ।
जसअनुसार भरतपुर महानगरपालिका क्षेत्रभित्रः पूर्वतर्फ केन्द्रिय बस टर्मिनल र पश्चिमतर्फः नारायणी पुल (पुलचोक) उत्तरतर्फ पोखरा बसपार्क देखि विशालचोक दक्षिणतर्फः त्रिचोक (भरतपुर विमानस्थल पछाडीको चोक) मा कर्फ्यू लगाइएको हो ।
तोकिएका क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उल्लेख गरिएको छ ।
कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने प्रमुख जिल्ला अधिकारी अर्यालले जनाएका छन् ।



























































