काठमाडौँ – संघीय संसदमा प्रतिनिधित्व गर्ने बिपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको माओवादी सहित बिपक्षी दलको बैठकले जेनजी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको हो । सरकारले युवाहरूको आक्रोशलाई बुझ्न नसकेकाले अहिलेको अवस्था सिर्जना भएको बैठकको निष्कर्ष रहेको माओवादी उपमहासचिव बर्षमान पनुले जानकारी दिए ।
प्रतिपक्षीको तर्फबाट संवाद गरेर निकास दिन प्रतिबद्ध रहेको उनले बताए । बैठकले आयोग गठन गरी सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न पनि माग गरेको छ ।



























































