काठमाडौँ – काठमाडौँको दिल्लीबजार कारागारमा आगजनी गरिएको छ । कारागारमा रहेका कैदी र केही प्रदर्शनकारीको मिलेमतोमा आगजनी गरिएको हो ।
आगजनी भएपछि कैदीहरु कैदबाहिर आएका छन् । उनीहरुलाई सेनाले सडकमै सुरक्षा घेराभित्र राखेको छ ।
कैदीहरु सेनालाई आफूलाई जानदिनुपर्ने भन्दै दबाब दिइरहेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।



























































