काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आइतबार साँझ स्वदेश फर्कन लागेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार ओली नेपाल वायु सेवाको विमानबाट स्वदेश फर्कने छन् । स्वदेश फर्कनुअघि ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुँदैछन् । त्यहाँ ओलीलाई मानार्थ विद्याबारिधिबाट विभूषित गर्ने कार्यक्रम छ ।


ADVERTISEMENT

# # #


ओली गत शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा ५४ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै भारत गएका थिए । भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट तथा सम्झौता गरेका ओली भ्रमण सकाएर साँझ स्वदेश फर्कन लागेका हुन् ।