काठमाडौं–इतिहास स्टेडियमा म्यान्चेस्टर युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दा म्यान्चेस्टर सिटीले उपाधिका लागि केही समय थप पर्खनु पर्ने भएको छ ।


ADVERTISEMENT


उपाधिमा कब्जा जमाउन शनिबारको खेलमा जीत आवश्यक रहेको बेला सिटीले २–० को अग्रता गुमाउँदै आफ्नै घरेलु मैदानमा ३–२ गोल अन्तरले विजयी भएको हो ।


ADVERTISEMENT

# # #


यसअघि, पहिलो हाफमा सिटीले युनाइटेडमाथि हाबी हुँदै २–० को अग्रता लिएको थियो । भिन्सेन्ट कोम्पानी र इल्के गुन्डोगानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, राहिम स्टर्लिङले दुई राम्रो अवसरमा गोल गर्नबाट चुकेका थिए । खेल एकतर्फी हुने अनुमान गरिए पनि दोस्रो हाफमा भने युनाइटेडले खेल उल्टाउन सफल रह्यो ।

पाउल पोग्बाले दुई मिनेटको अन्तरालमा दुई गोल गर्दै खेल बराबरीमा ल्याए भने खेलको ६९ औँ मिनेटमा क्रिस स्मालिङले विजयी गोल गरे । दुई गोलको अग्रता लिएपनि सिटी कुनै पनि प्रिमियर लिगको खेलमा पराजित भएको सन् २००८ पछि पहिलो अवसर हो ।

अब बुधबार सिटीले च्याम्पियन्स लिगमा लिभरपुलको आतिथ्य गर्नेछ भने शनिबार वेम्बलीमा टोटनहमविरुद्ध उत्रनेछ । शनिबार भएकै अन्य खेलमा टोटनहमले स्टोक सिटीलाई पराजित गर्दै शीर्ष चारमा आफ्नो पकड बलियो बनाएको छ ।

टोटनहमले स्टोकलाई २–१ गोलले पराजित गरेको हो । स्पर्सका लागि दुवै गोल क्रिस्टियन एरिक्सनले गरे । लिभरपुलले एभर्टनसँग गोलरहित बराबरीमा रोकिँदा न्युक्यासलले लेस्टर सिटीलाई उसैको घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित गर्यो ।